मनमोहक रानीपोखरी : पाँच वर्षपछि आफ्नो लयमा !
प्रकाशित:
२०७७, ४ आश्विन

काठमाडौं, ४ असोज । झण्डै पाँच वर्षपछि रानीपोखरी आफ्नो लयमा आएको छ । काठमाडौंको आकर्षणका रुपमा रहेको रानीपोखरी २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि चौरमा परिणत भएको थियो । रानीपोखरीको पुनर्निमाण खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले पोखरीमा पानी भरेको हो ।
धार्मिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेको रानीपोखरी पानी भरेपछि पुनः सुन्दर बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक भोजविक्रम थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’