प्रधानमन्त्री ओली पहिलोपटक पेरिसडाँडा पुगेपछि…
अखबार टुडे
प्रकाशित:
२०७७, ४ आश्विन

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पहिलोपटक पेरिसडाँडा टेकेका छन् । नेकपा एकतापछि पहिलो पटक सचिवालय बैठक बैठक पेरिसडाँडामा बसेको हो । अध्यक्ष तथा प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन पेरिसडाँडा पुगेका छन् ।
कोटेश्वरस्थित पेरिसडाँडा पूर्वमाओवादीको केन्द्रीय कार्यालय हो । यसअघि २ असोजमा बस्ने गरी बोलाइएको नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । त्यसपछि पेरिसडाँडामा बैठक बस्ने निर्णय गरिएको थियो । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलोपटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।
सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । बैठकमा पार्टी र सरकारका कामकारबाहीबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया