एउटी आमाको ‘बिलाप’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, ४ आश्विन

काठमाडौं, ४ असोज । अमेरिकामा रहेर पनि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गीतकार मनिष बसिष्टको नयाँ गीत ‘बिलाप’ सार्वजनिक भएको छ ।
शास्त्रीय संगीतका लोकप्रिय गायक सजल न्यौपानेको स्वर तथा संगीत रहेको गीतमा रिदम कडेलको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोलाई एमबी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ ।
गम्भिर बिष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको सिनेमाटोग्राफी र नविन निरौलाले सम्पादन रहेको छ । गीतकार मनिष बशिष्टका अनुसार करिब तीन वर्षजति अघि लेखिएको यो गीत विबिध कारणले रेकर्ड गरिएको थिएन । पहिलोपटक गायक सजल न्यौपानेसँग सहकार्यमा गीत ल्याउन पाउँदा खुसी लागेको उनले बताए । गीतमा दश वर्षे जनयुद्धका बेला एउटी आमाले आफ्नो शिशु गुमाउनुपर्दाको पीडाले मानवता र ईश्वरप्रतिको आस्था र विश्वास कसरी हट्छ भन्ने कुरालाई दर्शाउन खोजिएको छ ।

प्रतिक्रिया