नेपाल खबर

त्रिशुलीमा खस्यो पेट्रोल बोकेको ट्यांकर

धादिङ, ४ असोज । पेट्रोल बोकेको ट्यांकर गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर खसेको हो ।
ट्यांकर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए । नदीमा खसेको ट्यांकर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top