मौसम : देशभर मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा
अखबार टुडे
प्रकाशित:
२०७७, २ आश्विन

काठमाडौं, २ असोज । आज शुक्रबार देशभर हल्कादेखि मध्यम वर्षा हुने । मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्यांकसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन, चट्यांकसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।
यस्तै, यसैगरी, प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन, चट्यांकसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने, गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया