‘बिगबोस’ सिजन-१४ सँगै काममा फर्किए सलमान
अखबार टुडे
प्रकाशित:
२०७७, १ आश्विन

काठमाडौं, १ असोज । चर्चिच भारतीय रियालिटी टेलिभिजन रियालिटी शो ‘बिग बस’को १४औँ सिजन यही ३ अक्टुबरदेखि सुरु हुँदैछ । भारतीय मिडियाका अनुसार कार्यक्रमका सञ्चालक सलमान खानले यो कार्यक्रमसँगै सन् २०२० का सबै ‘समस्या’ समाधान हुने बताएका छन् ।
विश्वयव्यापी रुमिा फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीबीच अधिकांश जनता घरमै छन् । यस्तो अवस्थामा सलमान खान भने ‘बिगबोस–१४’सँगै आफ्नो काममा फर्केका छन् । उक्त कार्यक्रममा दर्जन बढी सेलेब्रेटी केही महिनाका लागि एउटै घरमा बस्नुपर्ने हुन्छ र, यही क्रममा उनीहरु प्रतिस्पर्धामा भिड्नुपर्ने हुन्छ । अन्त्यमा जो सेलेब्रेटी त्यो घरमा बा“की रहन सफल हुन्छ, उनी नै बिगबोसका विजेता कहलिन्छ ।
कार्यक्रमको यस सिजनको प्रोमो हालै सार्वजनिक गरिएको छ । प्रोमोमा सलमान खानले कार्यक्रमको प्रिमियर मिति सार्वजनिक गरेका हुन् । प्रोमोमा भनिएको छ, ‘३ अक्टोबरदेखि कार्यक्रम सुरु हुँदैछ । यसले सन् २०२० का सबै नराम्रा घटनालाई जवाफ दिनेछ ।’
प्रोमो भिडियामा सुरुआतमा सलमानलाई हात र खुट्टामा साङ्लाले बाँधिएको देखिन्छन् । साथै, उनले मास्क समेत लगाएका छन् । साङ्लोलाई उनी केही समयमै फुत्काउँछन् । अनुहारको मास्क हटाउँछन् । त्यसपछि आफ्ना प्रशंसकलाई भन्छन्, ‘यस वर्ष सामना गर्नुपरेका सबै समस्या ध्यानमा राखिनेछ । सन् २०२० को हरेक समस्या चकनाचुर गर्न आएका छौँ“ ।’
बिगबोस सिजन–१४ मा को–को सेलेब्रेटी प्रतिस्पर्धामा उत्रँदैछन् भन्ने विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, भारतीय मिडियाका अनुसार कार्यक्रममा जसमिन भासिन, एली गोनी, करन पटेल, एजाज खान, सारा गुर्पाल, नेहा शर्मा, कविता पुनिया र नैना सिंह रहेका छन् ।
पछिल्लो समाचार अनुसार बिगबोस सिजन–१४ मा प्रतियोगीहरुलाई महामारी समय बाहिरी दुनियाँमा गर्न रोक लगाइएका कार्यहरु गर्न अनुमति दिइनेछ । जस्तै, सपिङ, बाहिर खाने वा फिल्म हल जाने । यसपटकको सिजनलाई ‘२०२० लाई सुहाउँदो जवाफ’का रुपमा उतारिने बताइएको छ । कलर्स टिभीले हालै जारी गरेको वक्तब्यमा भनिएको छ, ‘सलमान भन्छन् सबै मान्छे घर र काम भन्दै झिजो मानिरहेका छन् । बिगबोसको पावरप्याक मनोरञ्जन उनीहरूको उद्धारका लागि आउँदैछ ।’

प्रतिक्रिया