आज मन्त्रिपरिषद बैठक बस्दै, प्राधिकरणमा नियुक्तिबारे छलफल हुँदै
अखबार टुडे
प्रकाशित:
२०७७, १ आश्विन

काठमाडौं, १ असोज । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा नेपाल बिद्युत् प्राधिकरणमा नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । कुलमान घिसिङलाई प्राधिरकणमा पुनः नियुक्ति गर्ने सम्भावना रहेको छ । घिसिङको पक्षमा जनदवाब बढ्दै गएपछि घिसिङको पुनः नियुक्तिबारे छलफल भइरहेको स्रोतको भनाइ छ ।
यस्तै, उर्जामन्त्री वर्षमान पुनले पनि घिसिङलाई थप चार वर्षका लागि नियुक्तिको सिफारिस गरिएको बताएका छन् । उनको सचिवालय बिहीबार बिज्ञप्ती निकाली यससम्बन्धि प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको जनाएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङको प्रस्ताव रोकेका छन् ।

प्रतिक्रिया