स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि सरकार प्रतिबद्ध : स्वास्थ्यमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७७, १ आश्विन

काठमाडौं, १ असोज। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले महामारीबाट नागरिकलाई जोगाउन र आफ्नो ज्यानको पर्वाह नगरी उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनसहित सम्मानजनक काम गर्ने वातावरण बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
दोस्रो विश्व विरामी सुरक्षा दिवसका अवसरमा मन्त्री ढकालले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानको लागि आवाज उठाउँदै आएका व्यक्ति तथा नागरिक समाजलाई धन्यवाद दिदँै थप सुरक्षित र सम्मानपूर्ण वातावरण बनाउन सबैमा आग्रह पनि गरेका छन् । हरेक सेप्टेम्बर १७ तारिखमा मनाइने यो दिवसको यस वर्षको नारा ‘सुरक्षित स्वास्थ्यकर्मी ः सुरक्षित विरामी’ रहेको छ ।
नेपालमा कोरोना संक्रमितमध्ये करिब ७२५ निको भइसकेका र ३७९ जनाले ज्यान गुमाईसकेका उल्लेख गर्दै मन्त्री ढकालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरे । ‘संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी मान्यता र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन आम जनसमुदायलाई आव्हान गर्दछु’ सन्देशमा भनिएको छ, ‘स्वास्थ्य संस्थामा हुने सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा आफ्नो दक्षता र सीपको उच्चतम प्रयोग गरी खटिन स्वास्थ्यकर्मीलाई आव्हान गर्दछु ।’
उनले बिरामी, स्वास्थ्यकर्मी र जनसमुदायको सुरक्षाको लागि स्वास्थ्य संस्था भित्र र समुदायमा अपनाउनुपर्ने सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि तोकिएको मापदण्ड र विधिलाई पालणा गर्न र गराउन स्वास्थ्यकर्मीलगायत सबैमा अनुरोध आव्हान पनि गरेका छन् ।

प्रतिक्रिया