श्राद्धको खानाले १५ विमारी, एकको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, ३१ भाद्र

कैलाली, ३१ भदौं । श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका–१० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मंललबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । बिरामी भएका अन्य १५ जनाको सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ ९खाद्य विषाक्तता० का कारण उनीहरु बिरामी परेको बताए ।

प्रतिक्रिया