शक्तिशाली भूकम्पको धक्का : सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु
अखबार टुडे
प्रकाशित:
२०७७, ३० भाद्र

काठमाडौं, ३१ भदौ । काठमाडौं उपत्यकाकासहित आसपासको जिल्लामा भूकम्पको ठूलो धक्का गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गएको हो । खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
ठूलो धक्का भएकाले उपत्यकाका कतिपय सथानमा भागदौड समेत मच्चिएको छ । उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक जिल्लामा समेत भूकम्पको धक्का महशुस भएको छ । के कति क्षति भयो भन्ने विवरण आउँन बाँकी ।

प्रतिक्रिया