पूर्वअर्थमन्त्री खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७७, ३० भाद्र

काठमाडौं, ३० भदौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी ओलीको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको ज्ञवालीले जानकारी दिए । ‘डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीको बताए ।
डा. खतिवडाले केही दिनअघि मात्र मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैरसांसदको रुपमा मन्त्री बनेका थिए ।

प्रतिक्रिया