कोरोनाबाट अति प्रभावित इटलीमा ७ महिनापछि विद्यालय सूचारु
अखबार टुडे
प्रकाशित:
२०७७, २९ भाद्र

रोम, २९ भदौं (एजेन्सी) । इटलीको कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्रमा ७ महिनापछि सोमबारदेखि विद्यालयहरु सूचारु भएका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गत फेब्रुअरी २१ देखि विद्यालय जान नपाएकोमा सोमबारीदेखि विद्यालय प्रवेश गरेका हुन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने यस ठाउँमा त्यसबेलादेखि केही समय कोरोनाभाइरसको महामारी उत्कर्षमा पुगेको थियो । इटलीमा दुई महिनासम्म अति कडा लकडाउन लागु गर्दा झण्डै ८० लाख बालबालिका प्रभावित भएका थिए ।
यहाँका धेरै बालबालिकाहरुले कोरोनाका कारण हजुरबुवा हजुर आमा गुमाएका छन् भने कतिपयले अन्य आफन्तहरु पनि गुमाएका छन् । विद्यालय खुल्नु लकडाउन पूर्वको अवस्थामा लैजानका लागि महत्वपूर्ण कदम भएको स्थानीय विद्यालयका प्राचार्य सेसिलिया कुगिनीले बताएका छन् ।

प्रतिक्रिया