फेरि भिडियोमा साइँला-साइँली (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७७, २८ भाद्र

काठमाडौं, २८ भदौं । चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी अभिनेता गौरव पहाडी र मेनुका प्रधान अभिनीत नयाँ भिडियो सार्वजनिक भएको छ । ‘गाउँघरै रमाइलो’ बोलको नयाँ गीतको भिडियो यिनै साइँला र साइँलीले अभिनय गरेका छन् ।
केही वर्षअघि रिलिज भएको ‘साइँली’ गीतले गौरव र मेनुकालाई समेत फरक पहिचान दिलाएको थियो । यी जोडीको जीवन्त अभिनयका कारण गीत लोकप्रिय भएको थियो । ‘गाउँघरै रमाइलो’ बोलको हालै सार्वजनकि गीतमा उनीहरु साइँला–साइँलीकै जोडीले प्रेमिल भूमिका निभाएका छन् ।
साजन राईको स्वर रहेको उक्त गीतले आफ्नो माटो र माटोले जोडिदिएको सम्बन्ध नै राम्रो भन्ने भाव दर्साएको छ । उक्त गीतमा गौरव र मेनुकाले गाउँघरमा दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निवार्ह गरेका छन् । उक्त गीतमा रमेश कार्कीको शब्द र संगीत गायक राईकै रहेको छ । उक्त भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्फेले निर्देशन गरेका हुन् ।
००

प्रतिक्रिया