सिन्धुपाल्चोक पहिरो अपडेट : सात जनाको शव निकालियो, २९ बेपत्ता
अखबार टुडे
प्रकाशित:
२०७७, २८ भाद्र

सिन्धुपाल्चोक, २८ भदौं । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका सात जनाको शव भेटिएको छ । पहिरोमा भक्तिमाया श्रेष्ठ, जुनु बिक, शुकलाल बिक,सन्देश बिक, सर्किनी नेवार, धनलाल नेवार र ट्याक्सी शेर्पाको शव फेला परेको हो ।
पहिरोले नागपुजे र भीरखर्कका १८ घर बगाउँदा २९ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पहिरामा पुरिएर बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटा पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

प्रतिक्रिया