बिन्तीको कोशेली ‘काफल पाक्यो’
अखबार टुडे
प्रकाशित:
२०७७, २७ भाद्र

काठमाडौं, २७ भदौं । विदेशमा रहेर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील गायक बिन्तीकुमार गुरुङले आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘काफल पाक्यो’ गीतको भिडियोलाई उनले यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको उक्त गीतलाई कहाङ सुब्बाले संगीत संयोजन गरेका हुन् । पुर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस गीतमा गुरुङका विदेशी साथीहरुले समेत बाध्यवादनमा साथ दिएका छन् ।
उक्त गीतको भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरको अभिनय देख्न सकिन्छ । भिडियोलाई गायक गुरुङको अफिसियल च्यानल ‘बिन्तीकुमार गुरुङ’मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा सुनिल उप्रेतीको छायाँकन, सम्पादन र निर्देशन रहेको छ । गायक गुरुङले यसअघि चर्चित गायिकाहरु अन्जु पन्त र मेलिना राईसँग सहकार्यमा ‘माया त यस्तो’, ‘फुलभन्दा नि राम्री’लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया