नेपाल खबर

कास्की र रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

रुपन्देही, २७ भदौं । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका–४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाए ।
उच्च ज्वरो आएपछि अस्पताल पुगेका उनीमा पिसिआर परीक्षण गर्दा १४ गते नै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालले सञ्चालन गरिरहेको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
यस्तै, पोखरामा पनि उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । यही भदौ २४ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए ।
सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना संक्रमितको मृत्यु भएको जनाइएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । प्रदेशमा दुई हजार ८२० संक्रमित भएकामा एक हजार ८४९ निको भएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top