‘के गर्नु माया’मा रिया र दिपकको बोल्ड अवतार
अखबार टुडे
प्रकाशित:
२०७७, २५ भाद्र

काठमाडौं, २५ भदौं । युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको ‘के गर्नु माया म’ गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम लामाको शब्द, संगीत र गायक सुरज श्रेष्ठ र गायिका सीजल श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा हट मोडेल रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।
कृष्ण परियारको निर्देशन, दीपक गिरिको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको भिडियोलाई मंगलबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया आइरहेको बताए ।

प्रतिक्रिया