जीवनशैली

गर्वको पात्र बन्न प्रधानमन्त्रीलाई गौरीको सुझाव

काठमाडौं, २५ भदौं । पुरानी अभिनेत्री गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छन् । अभिनेत्री मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सुझाव दिँदै लेखेकी छन, ‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा रमाइलो गर्ने माध्यम भइरहेको होला अथाव बानीपरिसकेको होला ।’
उनले अगाडि लेखेकी छन्, ‘तर, हामी सर्वसाधारणलाई साह्रै लज्जाबोध हुन्छ किनकी, जसलाई हामीले अत्यन्त विश्वास गरेर देशकै शिर्षस्थानमा राखेका छौँ, त्यो व्यक्ति हाँसोको होइन, गर्वको पात्र बनोस् । तर, बिडम्बना त्यस्तो दिन कमसेकम हाम्रो जीवनमा आउन सकेको छैन ।’
नेपाली श्रमिक रोगले होइन भोकले मर्न लागियो भन्दै भारत जान थालेपछि उनले आक्रोश पोखेकी हुन् । भारतमा कोरोना प्रकोप बढिरहेको समयमा पनि नेपालीहरु धमाधम कामका लागि भारात गइरहेको भन्दै उनले भारत फर्किँदा राज्यले रोक्न नसकेको बताएकी छन् । भारतमा कोरोना बढ्दा आफ्ना नागरिकलाई नेपालमै बस, हामी जे गर्नुपर्ने हो गर्छौँ भनेर किन भन्न नसकेको भन्दै उनले आक्रोश पोखेकी छन् । अभिनेत्री मल्लले सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल रहेको कुरा प्रधानमन्त्रीलाई सम्झाएकी छन् ।
उनले लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, यो देश तपाइँको घर हो । हामी जनता तपाइ“का परिवार हौँ । यो कुरालाई आत्मसाथ गर्नुहोस् । आज जनता जानीजानी आगोमा होमिन जाँदैछन्, उनीहरुको जीवन रक्षा गर्ने कर्तव्य तपाइँकै हो ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top