हुम्लामा पनि कोरोना त्रास : नाम्खा गाउँपालिकामा पठनपाठन बन्द
अखबार टुडे
प्रकाशित:
२०७७, २५ भाद्र

सिमकोट, २५ भदौं । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा पनि नियमित पठनपाठन गराइरहेको गाउँपालिकाले बुधबारदेखि सम्पूर्ण विद्यालय बन्द गराएको हो ।
अहिलेसम्म ग्रीन जोनमा रहेको हुम्लामा संक्रमण हुने डरले गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत खेमराज शाहीले बताए । गाउँपालिकाका १६ सामुदायिक र एउटा गुम्बा विद्यालय गरेर १७ वटै विद्यालय बन्द गराइएको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष विष्णु लामाले जानकारी दिए । जिल्लाका अन्य छ स्थानीय तहले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेका छन् ।

प्रतिक्रिया