विश्व अपडेट : कोरोनाबाट पौने तीन करोड संक्रमित, ९ लाखभन्दा बढीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७७, २४ भाद्र

पेरिस, २४ भदौ (एजेन्सी) । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी पौने तीन करोड मानिस संक्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।
कुल संक्रमितमध्ये ९ लाख दुई हजार १०८ जनाको मृत्यु भएको छ भने अरु एक करोड ९८ लाख ४१ हजार १९६ जना संक्रमणमुक्त भइसकेका छन् । विश्वभरी अहिलेपनि ७० लाख नौ हजार ९३९ जना संक्रमित अवस्थामै रहेका छन । ती मध्ये ६० हजार ३९३ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट प्रभावित हुनेहरुमा सबैभन्दा धेरै अमेरिकी नागरिक रहेका छन् । अमेरिकामा अहिलेसम्म ६५ लाख १४ हजार ३७६ जना संक्रमित भएका छन् भने एक लाख ९४ हजार ३७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी दोस्रो धेरै संक्रमित हुनेमा भारत पुगेको छ । यसअघि लामो समय ब्राजिल दोस्रो धेरै संक्रमित भएकाहरुको सूचीमा रहेपनि अहिले भारतले ब्राजिललाई उछिनेको छ । पछिल्लो विवरण अनुसार भारतमा ४३ लाख ७४ हजार ३१४ जना संक्रमित हुँदा ७३ हजार ९५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तेस्रो धेरै संक्रमितहरु रहेको मुलुक ब्राजिलमा अहिलेसम्म ४१ लाख ६५ हजार १२४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ५१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

चौथो धेरै सङ्क्रमित रहेको रुस र पाचौँ धेरै संक्रमित रहेको पेरुमा क्रमशः दश लाख ४१ हजार ७ र छ लाख ९६ हजार १९० जना सङ्क्रमित भएका छन् । ती देशहरुमा मृतकहरुको संख्या पनि क्रमशः १८ हजार १३५ र ३० हजार १२३ रहेको छ । रुसमा संक्रमितको संख्या धेरै रहेपनि मृतककको संख्या भने पेरुमा धेरै रहेका छन् । धेरै संक्रमित भएका मुलुकहरुको सूचीमा क्रमशः कोलम्बिया, मेक्सिको, दक्षिण अफ्रिका, स्पेन र अर्जेन्टिना छैठौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया