गण्डकीमा ११ जना नयाँ संक्रमित थपिए
अखबार टुडे
प्रकाशित:
२०७७, २३ भाद्र

पोखरा, २३ भदौं । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ६१२ पुगेको छ । मंगलबार आज थप ११ जनामा कोरोना संत्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ६ जना छन् । नवलपरासीका सबै संक्रमितलाई आइसोलेसन केन्द्र लगिसकिएको र कास्कीका संक्रमितलाई आइसोलेसन केन्द्र लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म ५२ हजार ५२५ जनाको पिसिआरको नमूना संकलन गरी परीक्षण गरिएको थियो । तीमध्ये संक्रमितको सङ्ख्या दुई हजार ६१२ छ भने ४९ हजार ९१३ जनामा संक्रमण देखिएको छैन । त्यस्तै सक्रिय संक्रमितको संख्या ८०७, निको हुनेको संख्या एक हजार ७८५ रहेको र २० जनाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहेका डा शर्माले बताए ।
००

प्रतिक्रिया