यस कारण दिइयो कंगनालाई भिआईपी सुरक्षा
अखबार टुडे
प्रकाशित:
२०७७, २३ भाद्र

काठमाडौं, २३ भदौ । बलिउड अभिनेत्री कंगना रनौतलाई महाराष्ट्र सरकारको मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्की आएपछि केन्द्र सरकारले सुरक्षाकर्मी खटाएको छ । कंगनाको सुरक्षाका लागि भन्दै केन्द्रीय गृह मन्त्रालयले ११ जना सुरक्षाकर्मी खटाएको भारतीय मिडियाले जनाएको छ । उनललाई गृहमन्त्रालयले ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो ।
अभिनेता सुशान्तसिंह राजपुतको मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाएपछि विवादमा मुछिएकी हुन् । उनी र शिवसेना नेता तथा राज्यसभा सांसद सञ्जय राउतसँग उनको जुहारी नै चलेको थियो । त्यसपश्चात राउतसहित शिवसेनाका नेताहरुले कंगनालाई मुम्बई नआउन धम्की दिएको भारतीय मिडियाले जनाएका छन् ।
उनीहरुको धम्कीलाई कंगनाले पनि हिम्मत भए रोकेर देखाउ भन्दै चुनौतीकी थिइन् । जसका कारण उनीहरुबीच झगडामा भइपरी आउने दुर्घटनालाई रोक्नका लागि केन्द्र सरकारले वाई श्रेणीको सुरक्षा भिआइपीलाई दिएको हो । जसमा दुई कमाण्डो र २ पीएसओ संलग्न हुनेछन् ।
सुशान्त आत्महत्यापछि महाराष्ट्र सरकारको दबाबमा मुम्बई पुलिसले निष्पक्ष छानविन नगरेको आरोप कंगनाको छ । केही दिन अगाडी एक अभिव्यक्तिमा अनुसन्धानमा लापरबाही र ड्रग्स कनेक्शनमा पनि मुम्बई पुलिस चुकेको बताएकी थिइन् । जसका कारण उनीविरुद्ध महाराष्ट्र सरकार प्रतिरक्षामा उत्रिएको हो ।

प्रतिक्रिया