विश्व

फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला, २२ भदौ (एजेन्सी) । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

Click to comment
To Top