नेपाल खबर

काठमाडौं उपत्यकामा मात्रै ८ हजार बढी संक्रमित

काठमाडौं, २१ भदौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौँ उत्यकामा ३५४ कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएकामध्ये काठमाडौँका २९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top