वास्तविक घटनामा आधारित ‘मेरो जीन्दगी’
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

काठमाडौं, २१ भदौं । वास्तविक घटनामा आधारित एउटा गीतको भिडियो सार्वजनिक भएको छ । बैतडीका महेश अवस्थीका छोरा सिवांश जन्मिएको दुई महिनामै कलेजो फेर्नुपरेपछि बुबाले कलेजो दान गरेका थिए । तिनै महान बुवाको वास्तविक घटनामा आधारित ‘मेरो जिन्दगी’ बोलको सार्वजनिक भएको हो ।
हाल सिवांशको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । उक्त गीतको भिडियोका कलाकारहरूले गीतबाट आउने रोयल्टी शिवांशलाई सहयोग गर्ने निर्णय गरेका छन् । कमला सुवेदी सापकोटाको शब्द, महाराज थापाको संगीत संयोजन, निशान भट्टराईको स्वर रहेको उक्त गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन् । भिडियोमा निर्मल न्यौपाले र रेखा घिमिरेको अभिनय रहेको छ । साथै भिडियोमा बालकलाकारमा रिदम तामाङको पनि अभिनय छ । उक्त भिडियोलाई राज पोखरेलले खिचेका हुन् ।

प्रतिक्रिया