बेलायतको बर्मिङ्घममा अज्ञात समूहको आक्रमण, कैयौँ घाइते
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

लण्डन, २१ भदौं (एजेन्सी) । बेलायतको बर्मिङ्घम शहरमा मध्यरातमा एक समूहले धारिलो हतियारद्वारा आक्रमण गर्दा ‘कैयौँ’ व्यक्ति घाइते भएका प्रहरीले बताएको छ ।
इङ्ल्याण्ड राज्यको दोस्रो ठुलो शहर बर्मिङ्घममा भएको उक्त आक्रमणलाई प्रहरीले ‘ठूलो आक्रमण’ भएको बताएको छ तर घटनामा कति व्यक्ति घाइते भए भन्नेबारेमा केही उल्लेख गरिएको छैन । ‘वेस्ट मिडल्याण्ड’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मध्य राति करिब १२ः३० बजे बर्मिङ्घम सहरको मध्यक्षेत्रमा छुरा प्रहार भएको जानकारी प्राप्त भएको छ ।’
उक्त घटनालगत्तै वरपरका क्षेत्रमा छुरा आक्रमणका अन्य घटना भएका र यो आक्रमणलाई सहरको केन्द्रमा भएको ‘भयङ्कर ठूलो घटना’ भएको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ । तर आक्रमणका कारण घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल पठाउने तथा आक्रमणकारी समूहको खोजीका लागि सबै आपतकालीन सेवाहरूलाई घटनास्थलमा उपलब्ध गराइएको प्रहरीले बताएको छ ।

बेलायती टेलिभिजन च्यानलमार्फत् सार्वजनिक घटनास्थल वरपरको दृष्यमा प्रहरीले घेराहाली आक्रमणकारी समूह तथा व्यक्तिको खोजी गरिरहेको छ । घटनाबारे थप जानकारी संकलन गर्न प्रहरी तथा अनुसन्धान अधिकारी घटनास्थलमा तैनाद रहेका तर अहिल्यै घटनाबारे थप सूचना दिइहाल्न असम्भव भएको प्रहरीले बताएको छ । अहिले नै घटनाको प्रकृति र कारणबारे अनुमान गर्नु ठीक नहुने प्रहरीले बताएको छ ।

प्रतिक्रिया