थप एकको मृत्यु, चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २१ भाद्र

चितवन, २१ भदौं । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आइतबार बिहान उनको ८ बजे मृत्यु भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया