जीवनशैली

दिक्पालसँग अञ्जलीको रोमान्स (भिडियो)

काठमाडौं, २० भदौ । गीतकार दधि अधिकारीको गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । लोकप्रिय गायक एवं संगीतकार शिशिर योगीको संगीत तथा योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय रहेको छ ।
भिडियोमा राजन शाहीको कोरियोग्राफी, आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको छ । भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । भिडियोलाई साईपल क्रियसनको युट्युबबाट रिलिज गरिएको हो । आगामी दिनमा पनि साईपल क्रियसनमार्फत राम्रा–राम्रा गीतहरुको भिडियो निर्माण गर्दै जाने गीतकार दधि अधिकारीले जनाएका छन् ।

Click to comment
To Top