कोरोना अपडेट : ४५ हजार २७७ संक्रमित, २७००० बढीले जिते कोरोना
अखबार टुडे
प्रकाशित:
२०७७, २० भाद्र

काठमाडौं, २० भदौं । शनिबार देशभर थप १ हजार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९ र पुरुष ६९२ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । यससँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाभाइरसबाट मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १–१ जना रहेका छन् । काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १–१ पुरुषको पनि मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिललो २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा डिस्चार्ज १ हजार ५६६ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

प्रतिक्रिया