युएईका विमानलाई बहराइनको आकाश खुला
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

बहराइन, १९ भदौ (एजेन्सी) । खाडी राष्ट्र बहराइनले संयुक्त अरब ईमिरेट्स (युएई) का सबै हवाई जहाजलाई आफ्नो हवाई मार्गबाट ओहोर दोहोर गर्न खुला गरेको छ ।
बहराइन समाचार समितिले नागरिक उड्डयन विभागका अधिकारीको भनाई उद्धृत गर्दै युएईको अनुरोधमा यस्तो निर्णय गरिएको जनाएको छ । तर यो नियम युएई र इजरायलबीच हुने सिधा उडानमा पनि लागू हुने वा नहुने भन्ने अन्यौल कायमै छ । इजरायल र युएईबीच हालै दौत्य सम्बन्ध स्थापना हुनुका साथै दुबै देशबीच सिधा हवाई सेवा शुरु भएको छ ।

प्रतिक्रिया