काममा तनाव लिन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

काठमाडौं, १९ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तार दिन निर्देशन दिँदै तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका हुन् ।
प्रधानमन्त्रीले मन्त्री फेरिने विषयमा भन्दा मन्त्रालयको काममा तनाव लिनसमेत निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले बैठकमा निर्देशन दिँदै मन्त्री फेरिने विषयमा भन्दा पनि आफ्नो मन्त्रालयको कामको तनाव लिनु आग्रह गरेको एक मन्त्रीले बताए ।

प्रतिक्रिया