पिन्शाले जितिन् दुई अन्तर्राष्ट्रिय अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

काठमाडौं, १९ भदौं । गत बर्ष इजिप्टमा आयोजित अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्र्ड–२०१९’को क्राउनसँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्शा खड्काले यसपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अवार्ड जितेकी छन् ।
साउथ युरोपको बुल्गेरियामा अनलाइनमार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड–२०२०’मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड–२०२०’को उपाधीसँगै स्पेसियल अवार्ड अफ द फेस्टिवलअन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेको आयोजक संस्था वल्ड फेस्टिवल फर ब्युटी ट्यालेन्ट एण्ड फेशनले घोषणा गरेको छ ।
विश्वका विभिन्न देशबाट करिब ५० भन्दाबढी बालबालिकाले अनलाइनमार्फत उक्त प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । प्रत्योगीहरुको बिचमा आफ्नो उत्कृष्ट प्रस्तुती दिँदै प्रिन्शाले ‘गोल्ड प्रिन्सेस अफ द वल्ड–२०२०’को ताज जितेकी हुन् ।
त्यस्तै नेपालकै अर्की सहभागी सुप्रिया नगरकोटीले पनि ‘सिल्भर प्रिन्सेस अफ द वल्ड–२०२०’ जितेकी छिन् । विश्वव्यापी कोभिद(१९ का कारण आवार्ड वितरण भने १७(२४ जुन २०२१ मा बुलगेरियामा गरिने आयोजक संस्थाले बताएको छ ।

रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल–२०१९’लगायत विभिन्न टाइटल जितिसकेकी छन् । हाल काठमाडौंमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा अब्बल छिन् । प्रिन्शाले नारायण रायमाझीको चर्चित गीत ‘कारगिल भाग–२’ म्युजिक भिडियोमा बालकलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छन । यस्तै अन्य दर्जन बढी म्युजिक भिडियोहरुमा बालकलाकारको रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ ।
प्रिन्शाको सम्पुर्ण कला, सृजनाको व्यवस्थापन तथा निर्देशनदेखि सबै कुरा आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका थिए भने कार्यक्रमको कोर्डिनेट मोर्निङ ग्लोरी इन्टरटेनमेन्टले गरेको थियो ।

प्रतिक्रिया