मुख्य खबर

बेइरुत विस्फोट : एक महिनापछि भग्नावशेषमा एकजना ‘जीवितै हुनसक्ने’ संकेत

काठमाडौं, १९ भदौं । लेवनामको राजधानी बेइरुतमा रहेका खोजकर्ताहरुले एक महिनाअघि त्यहाँ भएको शक्तिशाली विस्फोटनमा ध्वस्त भएको एउटा भवनको भग्नावशेषमा एकजना व्यक्ति अझै जीवितै हुनसक्ने संकेत पाएको बताएका छन् ।
बुधवारदेखि लेबननको राजधानीस्थित एउटा व्यावसायिक तथा आवासीय क्षेत्र मर मिखाइलमा एकजनाको मुटुको धड्कन थाहा भएको भन्ने अपुष्ट खबरहरू आएका थिए। भग्नावशेष हटाउने क्रेनको अभावमा रातभरि खोजीकार्य रोकेर शुक्रवार बिहानैबाट पुनः त्यो सुरु हुँदैछ ।
बुधवार राती खोजकर्ताहरू उक्त भवन नजिक पुग्दा उनीहरूको कुकुरले त्यहाँ जीवितै मानिसको संकेत दिएको थियो । बिहीवार बिहान उनीहरू त्यहाँ फर्कँदा समेत अनुसन्धानमा प्रयोग भएको उक्त कुकुरले सोही ठाउँमा अघिल्लो दिनको जस्तै संकेत ग¥यो । त्यसपछि उक्त समूहले त्यहाँ स्क्यानर प्रयोग गरेर मुटुको धड्कन वा सासको संकेत खोज्दै भग्नावशेष हटाउने काम सुरु गरेका थियो ।
एकजना उद्धारकर्ताले भग्नावशेषमा दुई मिटर मुनि मुटुको चाल रेकर्ड भएको र तापक्रमको सेन्सरसँग समेत त्यो मेल खाएको जनाएका छन् । पुरिएको ठानिएका व्यक्तिले दिनसक्ने संकेतहरू सुन्न सकियोस् भनेर भग्नावशेष हटाउने काम भइरहँदा मानिसहरूलाई बारम्बार शान्त रहन आग्रह गरिएको थियो । (बिबीसीबाट साभार)

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top