प्रतापले ‘अञ्जानैमा’ ल्याए भिडियो
अखबार टुडे
प्रकाशित:
२०७७, १९ भाद्र

काठमाडौ, १९ भदौं । गायक प्रताप दासको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलद्वारा संगीतबद्ध ‘अञ्जानैमा’ बोल गीतको म्युजिक भिडियो ओएसआर डिजिटल च्यानलबाट सार्वजनिक गरिएको हो ।
सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’को सिजन–२ मा प्रतिस्पर्धी भएप्छि चर्चामा आएका प्रतापको नयाँ गीतमा सत्यराज चौलागाईंले शब्दरचना रहेको छ भने रिकेश गुरुङले उक्त गीतका लागि संगीत संयोजक गरेका छन् । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।
भिडियोमा अन्तर्राष्ट्रिय मोडलको रुपमा स्थापित भैसकेका दीपक घिमिरे फिचर्ड छन् । उनलाई मोडल मिनाक्षी महताराले साथ दिएकी छन् । भिडियोमा उनीहरुको जोडी पनि आकर्षक देखिएको छ । नितिन चन्दले यो म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् । सोफी सुनुवारको श्रृँगार रहेको यो भिडियोलाई रुपेश थापाले छायाँकन गरेका हुन् ।

प्रतिक्रिया