बागलुङ अपडेट : बेपत्ता ३६ मध्ये ११ जनाको शव फेला
अखबार टुडे
प्रकाशित:
२०७७, १८ भाद्र

काठमाडौं, १८ भदौं । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा गएराति आएको बाढीले बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान भएको छैन । बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिले बिहानसम्म ११ जनाको शव फेला परेको हो । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।
बाढीमा परी ३६ जना बेपत्ता भएको प्रहरी निरीक्षक भण्डारीले बताए । बाढीले ५० भन्दा बढी घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै आएको बाढीका कारण ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्रांङ, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मंगलाटोलसहित खोला किनारका बस्ती बगरमा परिणत भएको छ ।
पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

प्रतिक्रिया