बागलुङमा पहिरो : आठ जनाको मृत्यु, सनाखत हुन बाँकी
प्रकाशित:
२०७७, १८ भाद्र
लगकोट, १८ भदौं । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताए । उनले भने, ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको संख्या बढ्न सक्ने अनुमान छ ।’ अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार