नेपाल खबर

डा. रिजाल दम्पती नै संक्रमित

काठमाडौं, १७ भदौं । बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु अहिले ह्याम्स अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । डा. रिजालले आफूहरु दुबैजना कोरोना संक्रमित भएको बुधबार आफ्नो फेसबुक अकाउन्टमार्फत जानकारी गराएका हुन् ।
डा. रिजालले श्रीमतीसँग तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘हामी दुबै कोरोना संक्रमित भएका छौँ तर थोरै पनि भयभित छैनौँ ।’ उनले संक्रमितहरुको हौसला दिनुपर्ने बताउँदै भनेका छन्, ‘हामीलाई मात्र होइन, सबैले अरुलाई पनि हौसला दिऔँ । संक्रमितहरुको मनोबलका साथै स्वास्थ्यकर्मी जो आफ्नो जीवन राष्ट्रको लागि समर्पण गरिरहेका छन्, सबैलाई सलाम छ ।’
उनले स्वास्थ्यकर्मी हुनुको जोखिम बारे भनेका छन्, ‘म एउटा स्वास्थ्यकर्मी । हाम्रो जीवन आफ्नो हातमा कहाँ हुन्छ र ? हामी आफूमात्रै होइन हामीबाट हाम्रो परिवारसमेत उत्तिकै जोखिममा रहन्छन् ।’

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top