बेनाम फिल्ममा अनुबन्धित श्वेता
अखबार टुडे
प्रकाशित:
२०७७, १६ भाद्र

काठमाडौं, १६ भदौ । अभिनेत्री श्वेता खड्का लामो समयदेखि फिल्ममा देखिएकी छ्रैनन् । तर, उनको डिमाण्ड अझै छ । यसैबेला श्वेता एक फिल्ममा अनुबन्धित भएकी छन् ।
करिब ६ महिना यता फिल्मी क्षेत्र ठप्प छ । कोरोना संक्रमणका कारण कलाकार बेरोजगार बनेका छन् । यसैबेला श्वेता नया“ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ जस्ता फिल्म निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने फिल्ममा श्वेता देखिने भएकी हुन् ।
फिल्मको नाम भने खुलाइएको छैन । उक्त बेनाम फिल्ममा श्वेता आमाको भूमिकामा रहने बताइएको छ । तर, यकिन भने भइसकेको छैन । उक्त फिल्मको कथा तथा निर्देशन यम थापा स्वयंमकै रहने बताइएको छ ।
आफै“ फिल्म निर्माणमा जुटेकी श्वेताले पछिल्लो दुई बर्षयता फिल्ममा देखिएकी छैनन् । आफू निर्मित फिल्म ‘कान्छी’ले अपेक्षित व्यापार नगरेपछि टाडा भएकी उनी सामाजिक क्षेत्रमा सक्रिय भएकी थिइन् । उनले सिन्धुलीमा माझी बस्तीको निर्माण गरिदिएर चर्चामा आएकी थिइन् ।

प्रतिक्रिया