कोरोना ग्राफ : थप ११ जनाको मृत्यु, साढे ४० हजार बढी संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १६ भाद्र

काठमाडौं, १६ भदौं । नेपालमा कोरोनाभाइरस कारण थप ११ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरानाबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु हो ।
त्यस्तै मंगलबार काठमाडौं उपत्यकामा ४८१ जनासहित १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म योसहित कुल संक्रमित संख्या ४० हजार ५२९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना ७६८ जनाले कोरोना जितेका छन् । हालसम्म कोरोना जित्नेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ। १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ । हालसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया