नेपाल खबर

कोरोना संक्रमण रोक्न माग गर्दै पुजाआजा !

बाजुरा, १६ भदौ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस नियन्त्रणको कामनासहित बाजुरामा पुजापाठ गरिएको छ । बडिमालिका नगरपालिकामा पर्ने रतुडाको मष्टा मन्दिरमा पुगेर स्थानीयले महामारी रोक्न मागसहित पुजा गरेका हुन् ।
बडिमालिका आसपास क्षेत्रका स्थानीय रतुडा मन्दिरमा पुगेर पुजाआजा गरेका छन् । विश्व शान्ति महामारीको अन्त्य र रोगव्याधी हटाउन पुजा गरेका हुन् । पानी नपर्दा पनि रतुडाको पुजा गर्दै आएका स्थानीयले मागेको कुरा पूरा गरिदिने विश्वास स्थानीयको छ ।
बार्षिक भदौ चर्तुदर्शीकै दिन पुजा लाग्ने मन्दिरमा पुगेका स्थानीयले बिशेष अनुरोधसहित महामारी अन्त्यको माग गरेका छन् । दर्जनौँ पशुबलीसमेत दिएर सबै मानवजातिको ग्रह शान्तिका लागि पनि कामना गरेका छन् ।
धार्मिक शक्तिपीठका रुपमा रहेको उक्त देवताको मष्टा मन्दिरमा मार्तडी, जिल्ली र रजातोलीका सर्वसाधारणले पुजाआजा गर्ने गरेका छन् । सदरमुकाम मार्तडीबाट करिब ६ किलोमिटर टाढा रहेको कैलाश रतुडा देवताले गरिबलाई धनी बनाउने, पुत्र नभएकालाई पुत्र वरदान दिनेजस्ता जनविश्वास रहेकाले हरेक वर्ष पुर्णिमा आउनुअघि त्रयोदशीका दिन भव्य मेला तथा पुजा आराधना गर्ने गरिएको मन्दिरका पुजारी रामचन्द ऐडीले बताएका छन् ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top