सात वर्षीया प्रिन्शाको उडान : भिडियोदेखि ‘मिनी मोडल वल्र्ड’सम्म
अखबार टुडे
प्रकाशित:
२०७७, १४ भाद्र

काठमाडौं, १४ भदौं । गत बर्ष इजिप्टमा सम्पन्न ‘टिभी स्टार्ट मिनी मोडल वल्र्ड–२०१९’ मा ‘मिनी मोडल वल्र्ड’ क्राउनका साथै ‘बेष्ट डान्सर अवार्ड’ जित्न सफलभएकी नेपालकी बालकलाकार प्रिन्शा खड्का यसपटक एक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्दैछिन् ।
सात बर्षीया प्रिन्शाले ‘प्रिन्स एण्ड प्रिन्सेस वल्र्ड–२०२०’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन लागेकी हुन् । उनको इन्ट्रो भिडियोसमेत सार्वजनिक भएको छ । क्विक्स मिनी लिटल च्याम्प नेपाल–२०१९ बनेर ‘विश्व मिनि मोडेल’ बनेकी प्रिन्शा रुकुमकी हुन् ।
हाल काठमाडौमा २ कक्षामा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा अब्बल छिन् । प्रिन्शाले नारायण रायमाझीको कारगिल भाग–२ म्युजिक भिडियोमा बालकलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकी छन् । यस्तै अन्य दर्जन बढी भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोमा बालकलाकारको रुपमा अभिनयको लागि धेरै ठाउँबाट प्रस्ताव आएको तर पढाइलाई मध्यनजर गर्दै उक्त प्रस्तावहरु निरन्तरता दिन नसकेको उनको परिवारको भनाइ छ ।
यसपटक यो प्रतियोगितामा प्रिन्शाले सफलता हात पार्ने अपेक्षा रहेको बुबा ऋषिराम खड्का बताउँछन् । विश्व महामारीले गर्दा यसपटकको प्रोग्राम अनलाइनबाट भएको छ । छोरीको सम्पूर्ण व्यवस्थापन तथा निर्देशन आमा सामना देवकोटा र बुवा ऋषिरामले गरेका छन् ।

प्रतिक्रिया