भारतमा भयावह कोरोना, एकैदिनमा ७६ हजार संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७७, १३ भाद्र

नयाँदिल्ली, १३ भदौं (एएनआई) भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित भएको जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै भारतमा शनिबार विहानसम्म संक्रमित भएकाहरुको संख्या ३४ लाख ६३ हजार ९७३ पुगेको छ । कुल संक्रमितमध्ये सात लाख ५२ हजार ४२४ जना अझैपनि संक्रमित अवस्थामै रहेका छन् भने अरु २६ लाख ४८ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश अनुसार हेर्दा सवैभन्दा प्रभावित भएको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ५० जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै प्रभावित भएकोे अन्द्र प्रदेशमा ९६ हजार १९१ जना संक्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया