नेता गौतमको ‘यो बुद्धभूमि’ सार्वजनिक
अखबार टुडे
प्रकाशित:
२०७७, १३ भाद्र

काठमाडौं, १३ भदौं । कोरोना संक्रमणको महामारीबै बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेका गीत सुन्न पाइएको थियो । यस्तै, नेकपाका उपाध्यक्ष वामदेव गौतमको पनि नयाँ गीति सिर्जना आएको छ ।
नेता गौतम राजनीतिसँगै लेखनमा पनि रुचि राख्छन् । यस्तै रुचि पूरा गर्न उनले फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने लेखेका छन् । उनले पछिल्लो पटक ‘यो मुक्तभूमि हो, बुद्धभूमि’ बोलको गीत रचना गरेका छन् ।
कोभिड–१९ का कारण यो ‘बुद्धभूमि’ नामक गीत शुक्रबार भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको संगीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर छ । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाँकनकर्ता दीर्घ गुरुङ रहेका छन् । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । नेपालीलाई गीतले एकतामा रहन र देशप्रति माया गर्न प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।
उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसकेका छन् । उनले आफ्ना ती गीतलाई संकलन गरी गीतिसंग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याएका छन् । उनका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उहाँका गीतले सन्देश दिएका छन् । जनआन्दोलन २०६२÷०६३ पछि राजतन्त्रको अन्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको विकल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो ।

प्रतिक्रिया