दुई दिनमा उपत्यकामा ७९२ संक्रमित थपिए
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

काठमाडौं, १२ भदौ ।
निषेधाज्ञाका बाबजुत उपत्यकामा कोरोना संक्रमण तिव्र गतिमा बढेको छ । पछिल्लो दुई दिनमा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ ।
शुक्रबार उपत्यकामा चार सय १५ संक्रमित थपिएका छन् । बिहीबार तीन सय ७७ जनामा संक्रमण देखिएको थियो । दुई दिनमै उपत्यकामा सात सय ९२ जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा निषेधाज्ञा सुरु भएको नौ हुँदा समेत यसरी संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरु चिन्तित छन् । लकडाउन खुलेपछिको अवस्थामा चरम लापरबाही हुँदा यसरी संक्रमितहरु बढेका हुन् ।

काठमाडौंमा संक्रमितको संख्या ३ हजार ४ सय ५५, ललितपुरमा पाँच सय ७६, ३ सय ६५ जना संक्रमित भइसकेका छन् ।
शुक्रबार सबैभन्दा धेरै मृत्यु भएको छ । कोभिड–१९ का कारण एकै दिन १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया