उद्योगपति विनोद चौधरीलाई पनि कोरोना संक्रमण
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

काठमाडौं, १२ भदौं । उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । शुक्रबार उनले ट्वीट गर्दै आफूलाई कोभिड–१९ को संक्रमण देखिएको जानकारी दिएका छन् ।
शुक्रबार आएको पिसिआर परीक्षणको रिपोर्टमा संक्रमण देखिएको उनले उल्लेख गरेका छन् । चौधरी गु्रपका अध्यक्षसमेत रहेका चौधरीले आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको र अहिले चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको बताएका छन् ।

प्रतिक्रिया