तीन मन्त्री नै क्वारेन्टाइनमा
अखबार टुडे
प्रकाशित:
२०७७, १२ भाद्र

काठमाडौं, १२ भदौ ।
कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर(सिसिएमसी)का एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि अन्य मन्त्रीहरुमा भने सरेको आशंका गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बसेका छन् ।


सो बैठकमा सहभागी प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत अन्य अधिकारी समेत क्वारेन्टाइनमा रहेको स्रोत बताउँछ ।

कोरोना देशभर तिव्र गतिमा फैलिएको छ । शुक्रबार उपत्यकामा चार सय १५ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया