मूर्ति भेटिएपछि खुसीयाली, बाजागाजासहित पुनर्स्थापना
प्रकाशित:
२०७८, २८ माघ
काठमाडौं, २८ । ललितपुरको बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति भेटिएपछि खुसीयाली छाएको छ ।
माघ ९ गते चोरी भएको मूर्ति शुक्रबार बिहान ललितपुर महानगरपालिका–१५ स्थित हात्तीवन गैरीगाउँस्थित करूणा मन्दिर बाहिर भेटिएको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहका अनुसार मन्दिर अगाडि बोरा उक्त मूर्ति फेला परेको थियो । फेला परेको मूर्ति गुठीका अध्यक्ष नन्दबहादुर महर्जनलाई हस्तान्तरण गरिएको छ ।
मूर्ति भेटिएपछि स्थानीयले बाजागाजासहित बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । मूर्ति चोरीमा संलग्नहरुबारे ललितपुर प्रहरी र अपराध महाशाखाले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया